विराटनगर : पथरीशनिश्चरेमा नगर सरसफाईको अभियानलाई सचेत युवा समुहले निरन्तरता दिएको छ । पथरीशनिश्चरेका युवाहरुले सुरु गरेको अभियानको दोश्रो साता जनचेतना जगाउने पोष्टर टासेर अभियानलाई निरन्तरता दिएका हुन् ।
शनिबार भएको अभियानमा सहभागीहरुले पथरी बजारमा सचेतना झल्कने पोष्टर टासेको अभियानका संयोजक सुमन शर्माले बताए । फोहोर डस्बिनमै फाल्नु पर्ने, फोहर जताभाबि फ्याले रोग लाग्ने जस्ता सचेतना लेखिएका पोष्टर टास्ने काम गरेको शर्माले बताए ।
पोष्टर टास्दै हिडेका उनीहरुले पसलका संन्चालक र ग्राहकलाई फोहोर व्यवस्थापनका लागि आग्रह समेत गरेका थिए । नियमित शनिबार सरसफाइ सम्बन्धी अभियान थालेको समुहले फोहोर व्यवस्थापनका लागि पथरीशनिश्चरे नगरपालिका प्रमुख मोहन प्रसाद तुम्वापोलाई ध्यानाकर्षण समेत गराएका थिए ।
नगर प्रमुख तुम्वापोले अभियानलाई नगरले सहयोग गर्ने र फोहोर व्यवस्थापन चाडैँ समाधान गर्ने प्रतिवद्धता व्यम्त गरेका छन् ।