विराटनगर । हिसान मोरङको छैटौ जिल्ला अधिवेशनले अमित ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।
विराटनगरमा शुक्रबार भएको अधिवेशनले बरिष्ठ उपाध्यक्षमा टिएन तिम्सिना, उपाध्यक्षमा मोहन कुमार श्रेष्ठ र मानोज गुप्ता, सचिवमा गोविन्द निरौला, सहसचिवमा ललित नरायण यादव, कोषाध्यक्षमा भुवन नेपाल, सहकोषध्यक्षमा दिपेन भट्टराई, सदस्यहरुमा विरेन्द्र प्रसाद चौधरी, बिक्रम मर्हजन, भाष्कर भट्टराई, खडग डागी, दुर्गा पौडेल, विजय कुमार माझी निर्विरोध भएका छन् ।
अधिवेशनले वरिष्ठ सल्लाहकारमा निर्वमान अध्यक्ष राजेश कार्की र सात सदसिय सल्लाहकार समिति चयन गरेको छ ।
यसैविच विराटनगरस्थित मेरील्याण्ड कलेजका संस्थापक अध्यक्ष तथा प्रध्यापक गुणराज ढंङगेल सम्मानित भएका छन् । ९हिसान० मोरङको छैंटौ जिल्ला अधिवेशन उदघाटन सत्रमा मा ढुंङगेल सम्मानित भएका हुन् । 
शिक्षा क्षेत्रमा पु्रयाएको योगदानको कदर गर्दै प्राध्यापक ढुंङगेललाई सम्मान गरिएको हो । सम्मानित भएका ढुंङगेललाई प्रमुख अतिथि हिसानका केन्द्रीय अध्यक्ष रमेश सिलवालले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।