Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरको कार्यपालिकामा अन्तरघात, एमाले र स्वतन्त्र विजयी



विराटनगर । बिराटनगर महानगर पालिकाको कार्यपालिका चुनाबमा गठबन्धनमा अन्तरघात भएको छ । पालिकाको आज शनिबार भएको निर्वाचनमा गठबन्धन का उमेदवार पराजित भएपछि गठबन्धनमा अन्तर घात देखिएको हो ।

निर्वाचनमा अल्पमत रहेको स्वतन्त्र र एमालेको उमेदवार बिजयी भएका छ्न । स्थानीय तहको निर्वाचनमा काग्रेस ४० एमाले ४३ जसपा १० स्वतन्त्र ३ र राप्रपा १ जना निर्वाचन भएको थियो । जसमा काग्रेस ,जसपा र राप्रपा तालमेल गरि कार्यपालिका निर्वाचन लडेका हुन ।

घोषित परिणाम अनुसार अल्पसंख्यकमा एमालेका दिपक कर्ण ५२ ,स्वतन्त्र ओमप्रकास साह ५५ र सन्जिब साह ५२ मत ल्याएर बिजयी भएका छ्न अरु मतगणना जारी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार