Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

चार पत्रकारलाई पुरस्कार दिदै प्रदेश सरकर



बिराटनगर । प्रदेश सरकारले प्रदेश एकका चार जना पत्रकारलाई एक लाख राशीको पुरुस्कार दिने भएको छ । पुरस्कार पाउनेमा सुनसरीका अग्रज पत्रकार कृष्ण बिनोद लम्साल , झापाका लिला बराल , धनकुटाका सन्जय सन्तोशी राई र स्मिता निरौला छ्न ।

शुक्रबार (आज) बिराटनगरमा कार्यक्रम गरि पुरुस्कार दिन लागिएको हो । हरेक वर्ष पत्रकारिता दिवसको अवसरमा बैशाख २४ दिदै आएको पुरुस्कार यस वर्ष निर्वाचनका कारण ढिलो भएको हो ।

यातायात ब्यवस्था तथा सन्चार मन्त्रालयले कार्यक्रम गरि पुरुस्कार दिने तयारी पूरा गरेको जानकारी दिएको छ । सन्चार मन्त्रालयले मन्त्रालयका भिम गौतम , अग्रज पत्रकार कौसल चेम्जोङ , पत्रकार महासघ प्रदेश अध्यक्ष लिला बल्लभ घिमिरे ,पुर्ब अध्यक्ष बिक्रम लुइँटेल र महासघका महासचिव बिबेक गौतम रहेको छनौट समिति बनाएको थियो ।

यस अघिको पत्रकार महासघको पहलमा प्रदेस सरकारले प्रदेश एकका अग्रज पत्रकारलाई पुरुस्कार तथा सम्मान कार्यक्रम गर्न थालेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार