Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बालुवाभित्र भेटियाे तीन सय पचास केजी गाँजा



विराटनगर । सुनसरीको बराहक्षेत्रको चतराबाट प्रहरीले ३ सय ५० केजी गाँजा फेला पारेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अुनसार कोशी नदीको किनारमा बालुवामा छोपेर राखिएको अवस्थामा सशस्त्र प्रहरी बलले उक्त गाँजा फेला पारेको हो।
प्रहरी निरीक्षक निगम राइको कमाण्डमा खटिएको गस्ती टोलीले बालुवाभित्र लुकाएर राखेको ११ वटा बोराभित्र ३ सय ५० केजी गाँजा फेला पारेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धान अनुसार उक्त गाँजा भोजपुर तथा धनकुटाको दक्षिणी क्षेत्रबाट ल्याएको हुनसक्ने अनुमान गरिएको छ ।
गाँजा कहाँबाट कसले ल्याएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार