Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

महिला उद्यमीलाई प्रदेश सरकारले गर्याे सम्मान



विराटनगर । प्रदेश नं १ सरकारले उद्योगमार्फत् रोजगारी सिर्जना गरेको भन्दै २८ जना महिला उद्यमीहरूलाई सम्मान गरेको छ।
प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालयले महिला अधिकार दिवसको अवसर पारेर प्रदेश १ का १४ जिल्लाका २८ जना महिला उद्यमीलाई सम्मान गरेको हो।
सम्मानित हुनेहरूमा इलामको सन्दकपुर गाउँपालिका ३ की विमला ढुंगेल, चुलाचुली २ की सन्तकुमारी राई, बिर्तामोड ५ झापाकी उमा कटुवाल भण्डारी, भद्रपुर ८ का अनिता कार्की र शर्मिला अधिकारीलाई सम्मान गरिएको छ।
यस्तै ताप्लेजुङको फुङलिङ २ की नैनकला गुरुङ, फुङलिङ ७ की कौशिला देवान मादेन, पाँचथरकी दिकी शेर्पा जुनुकुमारी लावती छन्।
मोरङको ग्रामथानकी गोरकी कुमारी विस्वास, इटहरीकी धनकुमारी तामाङ, बराहक्षेत्रकी मुना न्यौपाने पाण्डेलाई पनि सम्मान गरिएको छ।
महालक्ष्मी नगरपालिका धनकुटाकी सुमित्रा बुढाथोकी, धनकुटा नगरपालिकाकी ईश्वरी मस्राङ्गी, तेह्रथुमको म्याङलुङकी शान्तिला फुदोङ, फेदाप गाउँपालिकाकी विष्णुमाया लिम्बुलाई सम्मान गरिएको मन्त्रालयले जनाएको छ।
भोजपुरकी रसिला ताम्राकार र संगिता श्रेष्ठ प्रधान, सङ्खुवासभाको सिलिचोङकी शान्ता राई र मादीकी कुमारी वर्देवा, सोलुखुम्बुको माम्यदुधकोशीकी रमामाया विश्वकर्मा,थुलुङ दुधकोसीकी पार्वती राई, ओखुलढुंगाको सिद्धिचरण नगरपालिकाकी भोजकुमारी श्रेष्ठ र मानेभञ्ज्याङकी सरिता राईलाई मन्त्रालयले सम्मान गरेको छ।
खोटाङको भद्रकुमारी श्रेष्ठ र झरना श्रेष्ठ, उदयपुरको त्रियुगा नगरपालिकाकी विन्दामाया कार्की र दुर्गा दनुवारलाई सम्मान गरिएको छ।
सम्मानित हुने महिलाहरूले भैंसीपालन फार्म, भुजिया उद्योग, कृषि फार्म, ब्युटी पार्लर, ढाका उत्पादन, टेलर्स सञ्चालन गरेका छन्। पोल्टी फर्म सञ्चालन, मोटरसाइकल वर्कसप सञ्चालन, दुग्ध उत्पादन, ललिपप उद्योग, फुड इण्डष्ट्रिज सञ्चालन, बुटिक र अचराको फुलबुट्टा, कटिङ सेन्टर र डेरी उद्योग सञ्चालन गरेका महिला उद्यमीहरूलाई जनही ५० हजारका दरले सम्मान गरिएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार