विराटनगर । नेपाल ट्रेड युनियन महासंघ जिफण्ट प्रदेश नं.१ को प्रथम अधिवेशनबाट किशोर धमला अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
विराटनगरमा शनिबार भएको जिफण्टको प्रथम अधिवेशनले धमलालाई दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्विरोध गरेको हो ।
अविवेशनले उपाध्यक्षमा शशी कुमार राई, सचिव सुर्य प्रसाद खवासलाई निर्विरोध गरेको छ । यस्तै सदस्यहरुमा हरि बहादुर अधिकारी, शुस्मिता चौधरी, हरि राई, शुखराज कटुवाल, सितादेवी बन्जरा काफ्ले, नयेन्द्र बहादुर बिष्ट, मन कुमारी मगर, सिता देवी उप्रेती, पुन्य प्रसाद गुरागाई, विष्णु राम राई, कृष्ण प्रसाद काफ्ले, राजेश साह, सिता राई, मिना जिसी, खेम राज पोखरेल निर्विरोध भएका छन् ।