Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बिराटनगर कार्यपालिकामा स्वतन्त्रको उम्मेदवारी , लौरो र लालटिन चिन्ह



बिराटनगर , बिराटनगर महानगरपालिकाको चुनावमा दुई जनाको स्वतनत्र उम्मेदवारी परेको छ । बिराटनगर १३ का सन्जिब कुमार शाह र बिराटनगर १८ का ओम प्रकाश कुमार साहको उम्मेदवारी परेको छ । सन्जिब कुमारले लौरो र ओम प्रकाशले लालटिन चुनाव चिन्ह पाएका छन । कार्यपालिका को चुनाब २१ गते हुदैछ ।

हिजो मनोनयन भएकोमा स्वतन्त्र उम्मेदवारलाई शुक्रबार चुनाब चिन्ह प्रदान गरिएको हो । बिराटनगरमा एमालेले ४३, काग्रेसले ४० ,जसपाले १० , राप्रपाले एक स्वतन्त्रले ३ जनाले चुनाव जितेका छन । कार्यपालिका चुनावको लागि जसपा र कांग्रेसको तालमेल भएको छ । दुई मिल्दा चुनाव जित्ने सम्भावना छ । स्वतन्त्र उम्मेदवारले चुनाव जित्ने स्वतन्त्रका नेता उमेश यादवले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार