Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सुनसरीका माओवादी नेता मण्डल एमालेमा प्रवेश



इनरुवा । नेकपा माओवादी केन्द्रका सुनसरी जिल्ला सचिवालय सदस्य हेमनारायण मण्डल नेकपा एमालेमा प्रवेश गरेका छन् ।
जिल्ला अध्यक्ष रेवतीरमण भण्डारी, उपाध्यक्ष निलम खनाल लगायतले मण्डललाई एमालेमा स्वागत गरेको जिल्ला सचिव राम कोइरालाले जानकारी दिए । नवप्रवेशी मण्डल माओवादी केन्द्रका भोक्राह नरसिंह गाउपालिकाका कमिटी अध्यक्ष समेत हुन् ।
यसैबीच माओवादी स्रोतले भने मण्डल निर्वाचनअघि नै एमालेलाई सहयोग गर्दै आएको र एमाले प्रवेश गर्ने योजनामा रहेकोले नौलो कुरा नभएको प्रतिक्रिया दिएको छ ।
स्थानीयतह निर्वाचन २०७९ मा उनी गाउँपालिका उपाध्यक्षको उमेदवार समेत बनेका थिए । माओवादी केन्द्रको तर्फबाट उमेदवार बनेका उनले ३ सय मत मात्रै प्राप्त गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार