बिराटनगर , बिराटनगर ५ का नव निर्वाचित वडाध्याक्ष सन्तोष न्यौपानेले आज पदभार ग्रहण गरेका छन । वडा समितिको कार्यलयमा उनले पदभार ग्रहण गरेका हुन । पदभार कार्यक्रममा उनले वडाको बिकासमा लाग्ने बताए । कार्यक्रममा निवर्तमान अध्यक्ष मीन कुमार आचार्यले नव निर्वाचित वडाध्यक्ष न्यौपानेलाई कलम र डायरी दिदै जनताको हितमा काम गर्न सुझाव दिए । कार्यक्रममा वडाका सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।