Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेशका मन्त्री जिल्ला दौडाहामा



विराटनगर । एक नम्बर प्रदेश सरकारले प्रदेश सभाको बैठक आह्वान गरेसँगै प्रदेशका मन्त्रीहरु जिल्ला दौडाहामा निस्किएका छन ।

प्रदेश सरकारका यातायात तथा संचार मन्त्री उपेन्द्र घिमिरेका अनुसार सबैमन्त्रीलाई जिल्ला भाग लगाएर मन्त्रीहरु दौडाहामा निस्किएका हुन । आगामी बजेटमा जिल्लाबाट समेट्नु पर्ने योजना र बजेट निर्माणका प्रक्रियाका विषयमा जिल्लाका जनप्रतिनिधि र कार्यलयका प्रमुखहरुसँग छलफल गर्ने गरि कर्मचारी समेत लिएर टोलि जिल्ला निस्किएको घिमिरेले जानकारी दिए ।

घिमिरेको जिल्ला सोलुखुम्बु परेकाले उनी बिहीबार नै गएका छ्न । आगामी १६ गते प्रदेश सभाको बैठक आहान गरिएकाले त्यो भन्दा अघि छलफल सकेर मन्त्रीहरु बिराटनगर आइपुग्ने छ्न । मन्त्री पुग्न नसक्ने ठाउँमा प्रदेश योजना आयोगका पदाधिकारी जाने तय भएको छ । प्रदेश सरकारले यसपटक ३५ अरबको हाराहारी बजेट ल्याउने तयारी गरि रहेको छ । यो बेला प्रदेश सरकार पनि छ है भन्ने देखाउन मन्त्री जिल्ला तिर गएको एक जना सचिबले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार