विराटनगर । मोरङको जहदा गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिले सुत्करी स्याहार खर्च उपलब्ध गराउने निर्णय गरेका छन् । गाउँपालिकाका अध्यक्ष जितेन्द्र साहले छोरी हुने विपन्न तथा दलित महिलालाई सुत्केरी स्याहार खर्च वापत ५ हजार दिने पहिलो निर्णय गरेका हुन् ।
जहदा गाउँपालिकाका जनताहरुको सामाजिक तथा आर्थिक विकासका लागि आर्थिक बर्ष २०७०÷०८०मा कार्यक्रम संचालन गर्ने गरि निर्वाचित जनप्रतिनिधिले पहलिो निर्णय गरेका हुृन् । त्यस्तै भौतिक पूर्वाधार र सरसफाई राम्रो भएको विद्यालयलाई बार्षिक ५ लाख पूर्वाधार निर्माण वापत उपलब्ध गराउने पनि निर्णय गरेको छ ।
प्रत्यक स्वास्थ्य चौकीमा महिनामा न्युनतम १ पटक भिजिटिङ डाक्टरको माध्यामबाट स्वास्थ्य सेवा पु¥याउने पनि निर्णय गरेको गाउँपालिकाले जनाएको छ। बुधबार पदभार ग्रहण गर्दै साहले महिला स्वयमसेविका अबकास हुँदा ५० हजार सुनौलो हातेमालो वापत उपलब्ध गराउने पनि निर्णय गरेका हुन् ।
त्यस्तै गरिब पहिचान भएका विपन्न तथा दलित गरिब परिवारलाई ३ हजार ५ सय को निशुल्क स्वास्थ्य बिमा गराउने समेत निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सुवर्र्ण घिमिरेले जानकारी दिए ।