Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमालेले प्यानलै जित्याे इटहरी वडा नं. ४



इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं ४ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ ।
वडा अध्यक्षमा एमालेका भक्त लामाले २ हजार ३७२ मत प्राप्त गर्दै निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका विक्रमबाबु थापाले २ हजार ०४६ मत पाए ।
यस्तै, सदस्यमा एमालेका अमृतबहादुर बस्नेत र विश्वेस्वरप्रसाद शर्मा निर्वाचित भए । महिला सदस्यमा लक्ष्मी चापागाईँ, दलित महिला सदस्यमा दिलु बराइली, निर्वाचित भएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार