इटहरी । हिसान सुनसरीको आज सम्पन्न पाचौँ जिल्ला अधिबेशनबाट अध्यक्षमा सागर भट्टराई चयन भएका छन् । भट्टराईको अध्यक्षतामा १५ जना सदस्य निर्बिरोध निर्वाचित भएका छन् ।
अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा पेशल पोखरेल, उपाध्यक्षमा नेत्रप्रसाद सुबेदी, सचिवमा हेमन्त भण्डारी, कोषाध्यक्षमा अनन्तप्रसाद सुबेदी चयन भएका छन् ।
यस्तै, सदस्यहरुमा अर्जुन प्रसाद न्यौपाने, मुक्तिराज सुबेदी, बिशाल कार्की, रितेश चौधरी, अनिल श्रेष्ठ, शान्तिराम गौतम, सुवास लुईटेल, फडिन्द्र थापा, करन चेम्जोंग र केशव भटराई चयन भएका हुन् ।
कार्यक्रममा प्रा।डा। न्यौपाने, साहित्यकार तथा लेखक अनिल पौडेल, अग्रज पत्रकार कृष्ण अधिकारी, सुविद गुरागाई, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अमर खड्का, हिसानका बोधराज नेपाल, हिसान सुनसरी उपाध्यक्ष थानेश्वर ढकाललगायतको उपस्थिति रहेको थियो ।