Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमालेबाट काठमाडौं महानगरको चुनावी कमाण्ड सम्हाल्ने जिम्मा ईश्वर पोखरेललाई



काठमाडौं । नेकपा ९एमाले० ले काठमाडौं महानगरपालिकाको चुनावी प्रचार–प्रसारलाई तिव्र बनाउन पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई ‘काठमाडौँ महानगर निर्वाचन परिचालन निर्देशक समिति’ को संयोजकको जिम्मेवारी दिएको छ।
‘चुनावी प्रचार–प्रसारलाई तिव्र बनाउँदै मेयर–उपमेयरसहित ३२ वटै वडाका सबै उम्मेदवारलाई विजयी गराउन नेकपा ९एमाले० ले अब चुनावी मैदानमा उत्रिएको छ,’ काठमाडौँ महानगर निर्वाचन परिचालन सचिवालयमा सम्वोधन गर्दै संयोजक पोखरेलले भने,’ ‘चुनावी अभियान ३२ वटै वडामा अघि बढिरहेको छ। अब थप व्यवस्थित ढंगले यो काम अघि बढ्छ।’
पोखरेलले आजै ३२ वटै वडाको गतिविधि र त्यहाँ भैरहेको चुनावी प्रचारबारे जानकारी लिए। नेकपा ९एमाले० काठमाडौं महानगर कमिटीका अध्यक्ष तथा निर्देशक समितिका सदस्य निर्मल देउलाले अब मुलुकको सबैभन्दा ठूलो र पुरानो महानगर काठमाडौं महानगरपालिकाको चुनावी गतिविधि थप संयमित र व्यवस्थित ढंगले अघि बढ्ने बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार