sf7df8f}F, @# kmfu'g . sf7df8f}F sflGtkysf] hdndf /x]sf] lgjf{rg cfof]usf] sfof{no . tl:a/ M /Tg >]i7, /f;; .
काठमाडौं । विभिन्न स्थानीय तहका १७० वटा वडामा दलित महिला सदस्य पद रिक्त हुने भएको छ ।
निर्वाचन आयोगले ती ठाँउमा एकजना पनि उम्मेदवार नभएकाले पद खाली हुने अवस्था भएको जनाएको हो । केही हिमाली जिल्ला , काठमाडौं उपत्यकाका केही वडा लगायतका ठाँउमा महिला उम्मेदवारको मनोनयन नपरेको हो ।
निर्वाचन आयोगको सोमबारको पत्रकार सम्मेलनमा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले ३ सय ५३ पदमा एकल मनोनयन परेको भएको बताए । एकल मनोनयन परेकाहरु निर्विरोध निर्वाचित हुने निश्चित भए पनि घोषणा गर्न बाँकी छ ।