धरान । एमाले धरान ६ नम्बर वडा कमिटीले पनि आफ्नो उम्मेदवार लाई विजयी गराउन निर्वाचन परिचालन कमिटीको घोषण गरेको छ । बिहीबार पानबारी स्थित जलकन्या सामुदायिक वनको भवनका उम्मेदवार परिचय तथा निर्वाचन परिचालन कमिटी घोषणा गरेको हो । ६ नम्बर वडाध्यक्षका उम्मेदवार हरि बहादुर राईका अनुसार एमालेले ६ नम्बर वडामा हेम राज सुवेदीको संयोजकत्वमा १ हजार १ सय ९१ सदस्यिय निर्वाचन परिचालन कमिटी घोषणा गरेको छ । कार्यक्रममा सङ्गठित सदस्यहरूका बिच वडा प्रतिनिधि उम्मेदवार परिचय समेत गरिएको थियो । कार्यक्रममा नेकपा एमाले १ नम्बर प्रदेश कमिटी सचिवालय सदस्य रमेश बस्नेतले कार्यक्रमलाई सम्बोधन गर्दै एमालेले अघिल्लो निर्वाचनमा गरिएको प्रतिबद्धताको निर्वाचित भएर आइसकेपछि अधिकांश कामहरू भएको बताएका छन । उनले भने ूअघिल्लो कार्यकालमा केही काम भएन भनेर एक खाले हल्ला चलाइएको छ तर त्यस्तो होइन । एमालेबाट विजयी भएर आइसकेपछि हामीले घोषणा पत्रमा प्रतिबद्धता जनाएका अधिकांश कामहरू भएका छन ।उनले जनप्रतिनिधि कार्यभार समालिरहँदा त्यही साल धरानमा आएको विकासकारी बाढीको भयावहको स्थितिमा तत्कालै अभिभावकत्व लिएको अझै पानबारीका कृषकहरूले भुलिनसकेको बताएका छन ।२०७४ साल साउन १ गते मेयर उपमेयरले कार्यभार सम्हाल्नु भयो त्यही महिनाको अन्तमा ठुलो बाढी आयो यहाँका कुलो बगाए, खानेपानीको पाइप बगाए , हिँड्ने पुल बगायो, बाटो बगायो, यस्तो डरलाग्दो अवस्थामा मेयर तारा सुब्बा आएर तत्काल काम थाल्नुहोस पैसाको अपुग हुन दिन्न भन्नुभयो यहाँका किसानले त्यो अझै भुलेको छैन, बस्नेतले भने ।कार्यक्रममै विगतमा कमिटी गठन भए पनि शपथ ग्रहण गर्न बाँकी रहेका ३ वटा टोल कमिटीलाई शपथ गराइको वडा अध्यक्ष उम्मेदवार राईले बताएका छन ।