Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मूल्यवृद्धिविरुद्ध धर्नामा मोरङका निर्माण व्यवसायी



विराटनगर । निर्माण सामग्रीहरुमा अप्रत्यासित रुपमा मूल्यवृद्धि भएको भन्दै मोरङका निर्माण व्यवसायीहरु धर्नामा उत्रिएका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय सर्कुलेसन अनुसार मोरङका निर्माण व्यवसायीहरूले मंगलबार जिल्ला प्रशासन कार्यालय मोरङमा धर्ना दिएका हुन् । उनीहरूले ११ देखि १२ बजेसम्म प्रशासन कार्यालय अगाडी धर्ना दिए ।

नेपाल निर्माण व्यवसायी संघ मोरङका अध्यक्ष सुरेश राज सुवेदी निर्माण सामग्रीको अप्रत्यासित रुपमा मुल्यवृद्धि हुँदा निर्माणको काम अगाडि बढाउन नसकिएको बताए । निर्माणको काम अगाडि बढाउनका लागि सरकारले अविलम्ब मुल्यवृद्धि निर्देशिका भाग–२ ल्याउनुपर्ने उनको भनाइ छ । सरकारले निर्देशिका नल्याएमा ‘कन्ट्रक्सन होलिडे’मा जानुपर्ने अवस्था आउने उनको भनाई छ । व्यवसायीहरुले मुल्यवृद्धि निर्देशिका भाग–२ ल्याउन राज्यसँग माग राखेका छन् ।
‘अहिले बजारमा भएको अप्रत्यासित मुल्यवृद्धिको कारणले गर्दा अहिले निर्माण गर्ने उपयुक्त समयमा पनि हामीले निर्माण कार्यलाई अगाडि बढाउन सकेका छैनौं । मुल्यवृद्धि निर्देशिका भाग–२ जारी नगरीकन निर्माणको गतिविधि अगाडि बढाउन नसक्ने अवस्था छ,’ उनले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार