Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

हामी किन ?

यो पवित्र दिनले निश्चय पनि हामीमा एउटा उर्जाको संचार गरिरहेको हुन्छ । आज अर्थात २०७९ साल बैशाख ११ गते हामी पनि एउटा उत्साहका साथ उभिएका छौं । विराटनगरमा रहेको नभ संचार प्रालिले आजदेखि पूर्वेली प्रेस डटकम सुरु गर्ने जमर्को गरेको छ ।



आज लोकतन्त्र दिवस अर्थात २०६२–०६३ को आन्दोलन सफल भएको दिन । नेपालीहरूमा उत्साह र उमंग छाएको दिन । नेपालको इतिहासमा एउटा स्वर्णिम दिन । यो पवित्र दिनले निश्चय पनि हामीमा एउटा उर्जाको संचार गरिरहेको हुन्छ । आज अर्थात २०७९ साल बैशाख ११ गते हामी पनि एउटा उत्साहका साथ उभिएका छौं । विराटनगरमा रहेको नभ संचार प्रालिले आजदेखि पूर्वेली प्रेस डटकम सुरु गर्ने जमर्को गरेको छ ।
पूर्वको शानका रुपमा यसलाई स्थापित गर्ने र यस प्रदेशलाई पहिलो प्राथमिकतामा राखेर यहाँका जनजीविका, विकास, समृद्धिलाई अगाडि बढाउने हाम्रो जमर्को रहेको छ । समाजमा रहेका व्याप्त विकृति विसंगती र त्यसबाट सृजित समस्याहरूलाई निराकरण गर्नेतर्फ जहिले पनि हाम्रो प्रयत्न रहनेछ । पत्रकारिताको मुलमन्त्र सामाजिक उत्तरदायित्वलाई समेत ध्यानमा राख्दै पत्रकारिताको आचारसंहिता र आममानिसको चाहानालाई पनि ध्यान दिएर हामी अघि बढ्ने प्रयत्न गर्नेछौं ।
यस संस्थाले एक दशकदेखि रेडियो संचालन गर्दैआएको छ । अब सँगसँगै अनलाइन पत्रकारिता अगाडि बढ्नेछ । अनलाइन पत्रकारिताको भिड्मा छुट्टै पहिचान बनाउने हाम्रो प्रयत्न हुनेछ । यसमा यहाँहरूको साथ सहयोगको अपेक्षा गर्दछौं । यस संस्थालाई निरन्तर मायागर्दै छिट्टै नै यस क्षेत्रको लोकप्रिय अनलाइनको रुपमा स्थापित गर्न यहाँहरूको सहयोग सद्भाव रहने अपेक्षा गरेका छौं ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार