Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

यी हुन् गाजर खानुका फाइदा



सलादमा मुला, काक्रा, प्याज पछि गाजरलाई समावेश गरिन्छ । तर सामान्यतया मानिसले गाजर त्यसै टोकेर खाँदैनन् । तर गाजर सेवनका धेरै फाइदा छन् । यसको अचार, तरकारी र हलुवा समेत बनाएर खान सकिन्छ ।

गाजर खाँदा -के लाभ पाउन सकिन्छ त ?

– गाजरमा भिटामिन ए भरपूर मात्रा हुन्छ, जसले आँखाको ज्योति बढाउन मद्दत गर्दछ ।

– गाजर सेवनबाट रतन्धो टाढा भाग्छ ।

– मुटुको चाल अनियमित हुने समस्या भएकाहरुले पर्याप्त गाजर खाँदा लाभदायक हुन्छ ।

– गाजरले शरीरमा रगतको उत्पादन बढाउँछ । यसमा भिटामिन ए, बी, सी, डी, इ र के पाइन्छ ।

– काँचो गाजर खानाले रजस्वलाका क्रममा हुने दुखाई पनि कम हुन्छ ।

– गाजरको नियमित सेवनले छाला स्वस्थ तथा चमकदार बन्नुका साथै चाउरीपना कम गर्दछ ।

– गाजरको नियमित सेवनले क्यान्सरजन्य रोगहरुको जोखिम पनि कम गर्दछ ।
-एजेन्सीको सहयोगमा

प्रतिक्रिया
सम्बन्धित समाचार