Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

३ हजार १५८ जना सहायक हवल्दारमा बढुवा सिफारिस



विराटनगर । नेपाल प्रहरीका तीन हजार १ सय ५८ प्रहरीलाई सहायक हवल्दारमा बढुवा सिफारिस भएको छ । आइतबार बसेको बढुवा समितिको बैठकले उनीहरूलाई सहायक हवल्दारमा बढुवाका लागि सिफारिस गरेको हो ।

कार्यालयले बढुवाको चौथो सूची सार्वजनिक गरेको हो ।यसअघि, शनिबार तेश्रो सूची निकालेर १ हजार २ सय ५ जनालाई बढुवाका लागि सिफारिस गरिएको थियो । त्यस्तै, शुक्रबार ३ हजार २ सय ८७ र बिहीबार १ हजार ७ सय ५२ जनालाई सहायक हबल्दारमा सिफारिस गरिएको थियो ।

समितिले बढुवा हुने १४ हजार ५ सय ६७ जनामध्ये चरणबद्ध रूपमा सूची सार्वजनिक गर्दै आएको छ ।प्रहरी नियमावलीको दसौँ संशोधन भएसँगै सहायक हवल्दार पदमा बढुवा सिफारिस गर्न थालिएको हो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार