sf7df8f}F, @# kmfu'g . sf7df8f}F sflGtkysf] hdndf /x]sf] lgjf{rg cfof]usf] sfof{no . tl:a/ M /Tg >]i7, /f;; .
विराटनगर । आगामी ३० वैशाखमा हुने स्थानीय तह चुनावमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाताले भोट हाल्न पाउने भएका छन् ।
आइतबार बसेको निर्वाचन आयोगको बैठकले मतदाताको अन्तिम नामावली टुंगो लगाएको हो ।
त्यसमध्ये ८९ लाख ९२ हजार १० जना पुरुष मतदाता छन् भने महिला मतदाताको संख्या ८७ लाख ४१ हजार ५ सय ३० जना रहेका छन् । त्यस्तै अन्यमा १८३ जना मतदाता छन् ।
सबैभन्दा बढी मतदाता मोरङमा ७ लाख १५ हजार २ सय २३ जना छन् भने सबैभन्दा कम मनाङमा ६ हजार ४ सय ९६ मतदाता रहेको आयोगले जनाएको छ ।