महानगरपालिकाका प्रमुख भीम पराजुलीले उक्त कार्य शुभारम्भ गर्दै नगरको विकासमा घर, सडकलगायत सम्पूर्ण पूर्वाधारका विषयमा प्राप्त हुने जानकारीले सघाउ पुग्ने विचार व्यक्त गरे । डिजी निर्माण इन्जिनियरिङ प्रालिका प्रमुख विवेक सिंहले ग्लोवल पोजिशन सिस्टम (जिपिएस)द्वारा नगरका १० फिटभित्रको क्षेत्रफलमा रहेका घरको विवरण सङ्कलन गर्नाका साथै घर जग्गाको डिजिटल तस्बिरबाट नाप, नक्सा लिन सकिने भएकाले सार्वजनिक सेवा प्रवाहमा उल्लेखनीय सुधार ल्याउने जानकारी दिए ।
उनले रु १७ लाखको लगानीमा आगामी असार मसान्तसम्म सम्पूर्ण कार्य सम्पन्न गर्न दैनिक नौ कर्मचारीमार्फत प्रत्येक दिन दुई वटा ड्रोनबाट नाप, नक्सा सङ्कलन गरिने बताए ।ड्रोनको माध्यमबाट सङ्कलन गरिने विवरण गुगलमार्फत अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि जानकारी लिन सकिने छ ।