विराटनगर । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा मोरङ क्षेत्र नं. ६ बाट प्रतिनिधिसभाका उम्मेदवार लालबाबु पण्डितले उद्योगले गर्दा विकास र समृद्धि आउँने भएकाले उद्योगको संरक्षण गर्नुपर्ने बताएका छन् ।
विराटनगरमा बिहिबार राठी ग्रुपले आयोजना गरेको शुभकामना कार्यक्रममा बोल्दै पूर्व मन्त्री समेत रहेका पण्डितले उद्योगले जीवन दिने भएकाले त्यसको संरक्षण आवश्यक गरेको बताए । उनले विराटनगरमा उद्योगहरुलाई राज्यले संरक्षण नगर्दा जिर्ण र खण्डहर हुदै गरेको भन्दै त्यसको संरक्षण एमालेको सरकारले मात्र गर्ने बताए । उनले काग्रेसको सरकारले धेरै उद्योगहरु बन्द गरेको आरोप लगाउँदै, एमालेले उद्योगी र मजदुर दुवैको हितका लागि नीति निमार्ण गर्दै आएको बताए ।
पण्डितले २०३५ सालमा आफुले उद्योगमा मजदुरी गरेको सम्झदै मजदुरले पनि उद्योगलाई माया गर्नुपर्ने र इमान्दार भएर कार्य गर्दा मात्र उद्योग बच्ने र उद्योग बचेमात्र मजदुर बच्ने भएकाले उद्योगलाई जीवन सम्झेर कार्य गर्न उनको आग्रह थियो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा मोरङ क्षेत्र नं.४ का प्रतिनिधिसभाका उम्मेदवार विनोद ढकाल, प्रदेशसभाका उम्मेद्वार तथा एमाले केन्द्रिय सदस्य जीवन घिमिरे, प्रदेश सभाका उम्मेदवार पर्शुराम बस्नेत, जयप्रकाश चौधरीलगायतले शुभकामना व्यक्त गरेका थिए ।