Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सय पुग्न लागेका ‘बा’ भन्छन् – ‘यस पटक विनोद ढकालले जित्छन्’



विराटनगर : विनोद ढकालका मामा तिर्थ काफ्ले भोजपुरमा राम्रो चिना बनाउथे । उनीसंग चिना बनाउन धेरै मानिसहरुको घुइँचो लाग्थ्यो । उनले बनाएको चिना हेरेर धेरै मानिसले आफ्नो भविष्य पनि निर्धारण गरे ।

हाम्रो समाजमा चिना प्रतिको विश्वास त छ, तर त्यसलाई पत्याइ हाल्दैनन् । मोरङ क्षेत्र नं. ४ मा उम्मेदवार बनेका विनोद ढकालका सय वर्ष पुग्न लागेका बुबा विष्णुप्रसाद ढकाल त्यसप्रति विश्वास गर्छन् । उनी भन्छन् ‘धेरै कुरा विश्वास गर्नुपर्छ ।’

२०२४ सालमा जन्मिएका ढकालको चिना पनि राम्रोमा पर्छ । उनका बुबा भन्छन् ‘मेरो कान्छोको चिना राम्रो छ । यस पटक चुनाव जित्छ । चिनामा सबैको भलो चिताउँने राजयोग छ । त्यसैले पनि यसपटक उसका लागि शुभ छ ।’ ४० वर्ष शैक्षिक अभियानमा जुटेका ढकालले भोजपुर, खोटाङ, ताप्लेजुङ, तेह्रथुमलगायतका जिल्लामा विद्यालय खोल्ने काममा लागे । ४० वर्षसम्म दर्जन भन्दाबढी विद्यालय उनले खोले ।

चार दशकको शैक्षिक अभियानबाट उनले धेरै मानिसलाई समाज रुपान्तरणमा जोडेपनि । २००७सालको क्रान्तिमा उनी परिवर्तनको पक्षमा उभिए । र उनले प्राप्त गरेको राजनीतिक चेतनालाई कान्छा छोराले पछ्याई रहे । बा विष्णुप्रसाद भन्छन् ‘मेरो छोरो कसैको कुभलो चिताउँदैन, जसको पनि काम गरिदिन्छ । त्यसैले पनि उसले यस पटक जित्छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार