Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विकास गर्न जनताको प्रतिनिधि चाहिएको छ : योगेन्द्र मण्डल (भिडियोसहित)



विराटनगर : योगेन्द्र मण्डलले विकासका लागि जनताको प्रतिनिधि चाहिएकाले आफूले मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका बताएका छन् ।

शुक्रबार पत्रकारहरुसँग कुराकानी गर्दै मण्डलले ५ नम्बर क्षेत्र विकासको दृष्टिकोणले पछि परेका कारण जनताले चाहेअनुरुपको काम गर्न आर्फूले उम्मेदवारी दिएको बताए ।

निर्वाचन क्षेत्रका मानिसहरु कृषिमा आश्रित भएका कारण कुषिको विकास गर्न उद्धेश्यले आफू उम्मेदवार बनेको उनको भनाई छ । ‘यो क्षेत्रका मानिसहरु कृषिमा आश्रित छन्, उनीहरुको हितका लागि अघिल्ला प्रतिनिधिले कुनै काम गरेका छैनन्,’ मण्डलले भने, ‘कृषिको विकास गर्न, कुषिलाई प्राथामिकतामा राखेर यसको आधुनिकिकरण गरेर जनताको जीवनस्तर उकास्न मेरो उम्मेदवारी हो ।’

२५ वर्षदेखि अनवरतरुपमा समाजसेवामा लागेका मण्डलले गरिबीरहित नेपालको परिकल्पना गरेको बताए । यसअघि यो क्षेत्रबाट जितेका नेताहरुले केही काम नगरेको भन्दै उनले भने, ‘हामीले पटकपटक नेताहरुलाई मत हालेर जिताउँदा पनि आफ्नो क्षेत्रमा विकास र परिवर्तन भएको छैन्, समस्या जस्ताको त्यस्तै छन् ।’

नेकपा एमालेबाट टिकटको आकांक्षी रहेका मण्डलले पार्टीभन्दा पनि कुनै व्यक्तिका कारणले आफूले टिकट नपाएको बताए । विकास गर्नका लागि पार्टीबाट उम्मेदवार हुनुपर्छ भन्ने नभएको उनले बताए ।

‘यही क्षेत्रमा जन्मेर, हुर्केर बसेको मान्छे भएका कारण यो क्षेत्रको आवश्यकता पूर्ति गर्न लागि परिरहेको छु,’ मण्डल भन्छन्, ‘अहिलेसम्म कति जितेर गए, हामीले नै जितायैँ पनि, तर उनीहरुले जनताका लागि केही काम गरेनन् ।’ अघिल्ला प्रतिनिधिहरुलाई आफ्नो कार्यकालमा के काम गर्नुभयो ? भन्ने प्रश्न गर्दा उनीहरुसँग उत्तरै नभएको उनले बताए ।

जीवन विकासका संस्थापकसमेत रहेका मण्डलले दुई हजार बढीलाई प्रत्यक्षरुपमा रोजगारी दिइरहेका छन् । यो क्षेत्रमा सत्ता गठबन्धनबाट माओवादीका शिवकुमार मण्डल उम्मेदवार छन् । एमाले जसपाबाट जसपा राजकुमार यादव उम्मेदवार बनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार