Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रतिनिधिसभामा तीनसहित मोरङमा ११ जनाले गरे उम्मेदवारी फिर्ता



विराटनगर : मोरङमा दुई स्वतन्त्रसहित तीन जनाले प्रतिनिधिसभातर्फ उम्मेदवारी फिर्ता लिएका छन् । बुधबार मोरङ क्षत्रे नम्बर १, ४ र ६ का एक/एक जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

मोरङ क्षत्रे नम्बर १ र क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका क्रमशः सुजता थापा र गोकुलप्रसाद पोखरेलले उम्मेदवारी फिताए लिएका छन् । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट क्षेत्र नम्बर ६ मा उम्मेदवारी दिएका राजु मण्डलले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार प्रदेशसभातर्फ ८ जना उम्मेदवारले मनोनयन फिर्ता गरेका छन् । उम्मेदवारी फिर्ता लिनेमा ६ स्वतन्त्रसहित नेकपा एकीकृत समाजवादीका दुई उम्मेदवार रहेका छन् ।

क्षेत्र नम्बर १ को प्रदेश (ख) बाट स्वतन्त्र उम्मेदवार दिएका डिल्लीराम शर्मा (अधिकारी) ले मनोनयन फिर्ता गरेका छन् । शर्माले नेकपा एमालेका उम्मेदवार खड्ग बस्नेतलाई समर्थन गर्दै मनोनयन फिर्ता गरेका हुन् ।

क्षेत्र नम्बर ३ को प्रदेश (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका कञ्चनकुमार बुढाथोकी र तिलप्रसाद राईले उम्मेदवारी फिर्ता लिएका छन् । ५ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका भूराज राई तथा ६ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका जीवनकुमार गुप्ता र सुरेशकुमार श्रेष्ठले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

यस्तै गठबन्धनबाट नेपाली कांग्रेसको भागमा परेको प्रदेश निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका महेश रेग्मी र वसिम आलमले पनि उम्मेदवारी फिर्ता लिएका छन् । रेग्मीले ४ (ख) र आलमले ६ (ख) बाट उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार