Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङ-१ (ख) बाट पछि हटे शर्मा, एमालेका बस्नेतलाई समर्थन



विराटनगर : मोरङ क्षेत्र नम्बर १ (ख) बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका डिल्लीराम शर्माले उम्मेदवार मनोनयन फिर्ता लिएका छन् ।

शर्माले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी फिर्ता लिएका हुन् । उनले नेकपा एमालेका उम्मेदवार खड्ग बस्नेतलाई समर्थन गर्दै उम्मेदवार फिर्ता लिएको बताएका छन् ।

नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्यसमेत रहेका उनले यसअघि पार्टीले टिकट वितरण गर्दा स्थानीय स्तारका कार्यकर्ताको भावना विपरीत गरेको भन्दै पार्टीबाट राजिनामा दिँदै स्वतन्त्र उम्मेदवारी दिएका थिए । एमालेले यस क्षेत्रमा खड्गबहादुर बस्नेतलाई उम्मेदवार बनाएको छ ।

उम्मेदवार फिर्ता लिँदै शर्माले भने, ‘पार्टीले टिकट वितारण गर्दा कार्यकर्ताको भावना अनुसार गरोस् भन्ने हाम्रो माग हो, पार्टीबाट त्यो काम नभएपछि पार्टीको ध्यानाकर्षण गराउन उम्मेदवार दिएको थिए ।’

उनले अब नेकपा एमालेमै रहेर काम गर्ने पनि बताए । ‘स्थानीय स्तरका कार्यकर्ताहरुले माग गरे अनुसार उम्मेदवार छनोट नभएपछि आफ्नो असन्तृष्टि व्यक्त गरेको हो, उहाँ (खड्गबहादुर बस्नेत) सँग मेरो कुनै आग्रह पूर्वाग्रह छैन्,’ उनले भने, ‘अब एमालेका उम्मेदवारलाई जिताउन उम्मेदवारी र पार्टीमा दिएको राजिनमा पनि फिर्ता लिएको छु ।’

प्रतिक्रिया
सम्बन्धित समाचार