Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मुख्यमन्त्री राईले गराए प्रदेशसभामा उम्मेदवारी दर्ता



विराटनगर : प्रदेश नम्बर १ का मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव राजेन्द्रकुमार राईले प्रदेशसभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । राईले भोजपुरको प्रदेश (क) बाट उम्मेदवारी दर्ता गरेका हुन् ।

सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका राईले आइबार गृह जिल्ला भोजपुरमा निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवार दर्ता गरेका हुन् ।

यस्तै प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका सुदन किराँतिले उम्मेदवारी दर्ता गराएका छन् । उनी अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । प्रदेश सभा निर्वाचन क्षेत्र (ख) मा कांग्रेसका विनोद वान्तवा राईले उम्मेदवारी दर्ता गराएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार