Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

जसपासँगको गठबन्धनले सुनसरी-१ मा जयकुमारले टिकट पाएनन्, २ मा आचार्य



विराटनगर : नेकपा एमालेले सुनसरी क्षेत्र नम्बर १ जनता समाजवादी पार्टी (जसपा) लाई छाडेको छ । अन्य निर्वाचन क्षेत्रमा भने एमालेले उम्मेदवार टुंगो लगाएको छ ।

सुनसरी क्षेत्र नम्बर-२ बाट भीम आचार्य, ३ बाट भगवती चौधरी र ४ बाट जगदिश कुसीयैत उम्मेदवार बनेका छन् ।

जसपाले एमालेसँग चुनावी तालमेल गरेपछि एमालेले सुनसरी एक छाडेको हो । यो क्षेत्रमा एमालेका जयकुमार राई उम्मेदवार बन्ने तयारीमा थिए । एमाले स्रोतका अनुसार सुनसरीमा एमालेले जसपालाई प्रदेश र संघको एक÷एक निर्वाचन क्षेत्र दिएको छ ।

सुनसरी क्षेत्र नम्बर १ को प्रदेश (क) मा रमेश बस्नेत, (ख) मा विजय राई, २ (क) मा रेवतीरमण भण्डारी, (ख) मा रामप्रसाद मेहता, ३ (क) मा रोहित प्रसाई र (ख) बाट रामदेव मेहताले टिकट पाएका छन् । क्षेत्र नम्बर ४ (क) जसपालाई छाडेर (ख) मा एमालेले अब्बास मियाँलाई टिकट दिएको छ ।

जसपाबाट भने उम्मेदवारको टुंगो लाग्न बाँकी रहेको बताइएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार