Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश १ का मुख्यमन्त्री राई प्रदेशमा चुनाव लड्न सहमत



विराटनगर : प्रदेश १ का मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका सचिव राजेन्द्रकुमार राई प्रदेश सभा सदस्यको चुनाव लड्न सहमत भएका छन् ।

राई निकट स्रोत अनुसार उनी प्रदेश सभाकै उम्मेदवार बन्न तयार भएका हुन् । मुख्यमन्त्री राईले प्रतिनिधिसभाका लागि दावी गर्दै आएका थिए ।

राई अघिल्लो निर्वाचनमा भोजपुर (क) बाट निर्वाचित भएका थिए । उनी यही क्षेत्रबाट चुनाव लड्न सहमत भएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार