Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरको विकास रोक्न खोजियो : अध्यक्ष थापा



विराटनगर : विराटनगर विमानस्थलको स्तरोन्नति र विस्तार रोकिने गरी संघीय सरकारले रोक्का गरेको जग्गा फिर्ता गर्ने निर्णय गरेपछि नेकपा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापाले विरोध जनाएका छन् ।

उनले रोकेर राखिएको जग्गाको मुआव्जा दिएर तत्काल विमानस्थल विस्तार गर्नुपर्नेमा रोक्का जग्गा फुकुवा गरेर विमानस्थल नबनाउने नीति सरकारले लिएको बताएका छन् ।

सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले विराटनगरको विकास र समृद्धिसँग जोडिएको विमानस्थल विस्तार रोकिनु विराटनगरको मुटुमै प्रहार गर्नु सरह रहेको बताएका छन् ।

थापाले तत्कालिन केपी ओली नेतृत्वको सरकारले अगाडि बढाएको कामलाई रोकेर अहिलेको सरकारले विकास विरोधी गतिविधि गरेको आरोप लगाएका छन् । विराटनगर विमानस्थल विस्तार गर्नका लागि करिब १२६ विगाह जग्गा रोक्का राखिएको थियो ।

मुआब्जाका लागि स्थानीय सरकार, प्रदेश र संघीय सरकारबिच सम्झौतासमेत भएको थियो । विराटनगर उद्योगी व्यवसायीले हेरक वर्ष यो विमानस्थलको स्तरोन्नति र विस्तारको माग राख्दै आएका छन् ।

यसैबिच पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरेले पनि सामाजिक सञ्जालमार्फत विरोध जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार