Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

संसदलाई विदाई गर्दै ओलीले भने – चुनावको तयारीमा अब गाउँगाउँमा खटिनुस्



विदाई पछि सामूहिक फोटोमा एमाले संसदहरु /तस्बीर : बिशाल भट्टराई

विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलमा अन्मित सम्बोधन गर्दै चुनावको तयारीमा खटिन संसदहरुलाई आग्रह गरेका छन् ।

शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले सांसदहरूलाई बिदाइ गर्दै चुनावमा केन्द्रित हुन निर्देशन दिएका छन् ।

ओलीले संसदहरूलाई आगामी मंसिर ४ मा हुने निर्वाचनको तयारीमा आग्न निर्देशन दिएका हुन् ।

असोज १ गते रातिबाट संसदहरुको अवधि सकिने भन्दै ओलीले आफ्ना पार्टीका संसदहरुलाई चुनावलाई लक्षित गर्दै गाँउ जान निर्देशन दिए । गठबन्धनको चुनौती सामना गर्न एमाले जोडबलका साथ चुनावी अभियानमा होमिने एमाले सचेतक बिशाल भट्टराईले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार