विराटनगर : नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला पूर्व इञ्चार्ज डा. बालकृष्ण चापागाईं नेकपा एमालेमै फर्किएका छन् ।
एमाले विभाजन हुँदा नेता माधव नेपालले गठन गरेको समाजवादीमा लागेका चापागाईं अर्थ तथा योजना विभागका उपप्रमुख रहेका थिए ।
आइतबार चापागाईलाई अध्यक्ष केपी शर्मा ओलीले टीका र खादा लगाएर स्वागत गरेका छन् । राससका पुर्व महाप्रबन्धक समेत रहेका चापागाईंले आफू पुरानै घर एमालेमा फर्किएर राजनीति गर्ने बताए ।