Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मेची महाकाली बुहारी सयुंक्त बुहारी आवाजले महिला हिंसाबिरुद्ध अभियान सञ्चालन गर्ने



इटहरी । मेची महाकाली बुहारी सयुंक्त आवाजले महिला हिंसाबिरुद्ध अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
इटहरीमा आइतबार भएको बुहारी आवाजको तेस्रो वार्षिक उत्सवले महिला तथा वालबालिकाको हिंसाविरुद्धको अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । मेची महाकाली बुहारी सयुंक्त आवाज नेपाल ४८ जिल्लामा संगठित छ । सवै जिल्लामा अभियान सशक्त बनाउने निर्णय गरिएको छ।
समुहमा विभिन्न राजनीतिक दलमा आबद्ध महिलाहरु रहेको इटहरीकी सदस्य सुशीला उप्रेतीले जानकारी दिइन् । संगठन भएको ४८ वटै जिल्लाका प्रतिनिधी सहभागी भएको कार्यक्रममा इटहरी उपमहानगरपाकिलाका मेयर हेमकर्ण पौडेलले तेस्रो वार्षिक उत्सवलाई सम्बोधन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार