Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङ १ (क) मा एमालेबाट खतिवडासहित ७ जनाको नाम सिफारिस


  • Purbeli Press
  • शनिबार, भाद्र १८ २०७९

विराटनगर : मोरङ क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्यमा एमाले मोरङ जिल्ला सचिव रुपेश खतिवडाको नाम सफारिस भएको छ ।

मोरङ १ (क) बाट प्रत्यक्षमा खतिवडासहित ७ जनाको नाम सिफारिस भएको हो ।

खतिवडासहित पुष्प ढकाल, उमाकान्त गौतम, निरोज तिम्सिना, चन्द्रबहादुर भट्टराई, गोपाल बस्नेत र देवीप्रसाद आचार्य को नाम सिफारिस भएको हो ।

यस्तै समानुपातिकमा चार जनाको नाम सिफारिस भएको छ । रामकृष्ण राई, सरला राई, इन्दिरा गौतम र अम्बर धिमालको नाम समानुपातिकमा सिफारिस भएको छ ।

यसअघिको निर्वाचनमा यस क्षेत्रमा एमाले माओवादीको बाम गठबन्धनबाट उम्मेदवार बनेका कुलप्रसाद साम्वा विजयी भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार