Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

थप ४८७ जनामा कोरोना संक्रमण, एकको मृत्यु


  • Purbeli Press
  • बुधबार, भाद्र ८ २०७९

विराटनगर : पछिल्लो २४ घण्टामा देशभर ४ सय ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १७७ जनाको कोरोना परीक्षण गर्दा ४८७ जनामा कोरोना पुष्टि भएको हो।

मन्त्रालयका अनुसार १ हजार ८०६ जनाको पीसीआर परीक्षण गर्दा २४२ र २ हजार ३७१ जनाको एन्टीजेन परीक्षण गर्दा २४५ जनामा कोरोना देखिएको छ।

पछिल्लो २४ घण्टाको अवधिमा थप एक संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५२ जना संक्रमित थपिएका छन्। काठमाडौंमा ११७, भक्तपुरमा ११ र ललितपुरमा २४ जना संक्रमित थपिएका हुन्।

आज चार हजार १२३ जना होम आइसोलेसनमा र १७५ जना संस्थागत आइसोलेसनमा रहेका छन्। अस्पतालमा उपचाररतमध्ये ५० जना आईसीयू र दुईजना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार