Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नागरिकता विधेयकमा मतदान गर्न एमालेकाे माग


  • Purbeli Press
  • बिहिबार, भाद्र २ २०७९

विराटनगर : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले राष्ट्रपतिबाट सन्देशसहित नेपाल नागरिकता (पहिलाे स‌ंशाेधन) विधेयक २०७९ पारित गर्दा प्रतिनिधिसभामा मतदान गर्न माग गरेकाे छ।

बिहीबार दिनभर छलफल भएको साे विधेयक बिहीबार नै पारित गर्ने कार्यसूची छ। अहिले गृहमन्त्री बालकृष्ण खाँणले जवाफ दिइरहेका छन्।

साे विधेयक पारित गर्ने बेलामा ध्वनिमत नमान्ने एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताएका छन्। उनले मत विभाजनमा ध्वनिमत नभएर मतदान गरिनुपर्ने माग गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार