Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

केपी ओली र हृदयेश त्रिपाठीबीच भेटवार्ता, चुनावी तालमेलकाे विषयमा छलफल


  • Purbeli Press
  • सोमबार, साउन ३० २०७९

एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टी अध्यक्ष हृदयेश त्रिपाठीबीच भेटवार्ता भएको छ।

बालकोटस्थित ओली निवासमा सोमबार भएको भेटवार्तामा आसन्न निर्वाचनलगायत समसामयिक विषयमा छलफल भएको छ।

सूर्य चिह्न लिएर २०७४ सालमा भएको निर्वाचन लडेका त्रिपाठीले अहिले तालमेल गरेर अघि बढ्न ओलीसँग प्रस्ताव गरेका छन्।

‘हिजो सूर्य चिह्न लिएर स्वतन्त्र रुपमा चुनाव लडेँ,’ त्रिपाठीले ओलीसँग भने, ‘अहिले मसँग पार्टी छ। अब दुई पार्टीबीच तालमेल गरेर अघि बढ्दा उचित होला।’

भेटमा एमाले र नेपाल समाजवादीबीच चुनावमा तालमेल गरेर अघि बढ्ने विषयमा छलफल भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार