Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

हजार नाघ्यो संक्रमितको संख्या, दुई जनाको मृत्यु


  • Purbeli Press
  • मंगलबार, साउन २४ २०७९

विराटनगर : पछिल्लो २४ घण्टामा देशभर १ हजार ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ६ हजार ९०० नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

त्यसैगरी दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ९७४ पुगेको छ।

पछिल्लो २४ घण्टामा ४३८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८०६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मंगलबार थपिएका संक्रमितमा काठमाडौं उपत्यकामा ३९७ जना छन्। काठमाडौंमा ३०४, ललितपुरमा ७२ र भक्तपुरमा २१ जना  थपिएका हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार