Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बढ्दै कोरोना ग्राफ, एकैदिन थपिए ९ सय १५ संक्रमित


  • Purbeli Press
  • बुधबार, साउन १८ २०७९

विराटनगर : नेपालमा पछिल्लो २४ घण्टामा ९ सय १५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५९० तथा २ हजार ९११ एन्टिजेन विधिबाट ३२५ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा ३०१ जना कोरोना मुक्त भएका छन् । आज थपिएकासँगै देशभर कूल सक्रिय संक्रमितको संख्या ५ हजार ४३३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार