विराटनगर : ‘गुहार…..गुहार…..गुहार……भन्न चाहन्छु । हामी प्रदेश १ का माननीयहरुलाई बलिको बोका बनाउन खोजियो ।’ यो कुरा आइतबारको प्रदेशसभामा बोल्दै संसद सर्वध्वँज सावाँले बताएका हुन् ।
सावाँले आफूहरु घेराबन्दीमा परेको बताएका छन् । प्रदेशको दशौँ बजेट अधिवेशनको सुन्य समयमा बोल्दै संसद साँवाले प्रदेशका संसदहरुलाई बलिको बोका बनाउन खोजेको आरोप लगाएका छन् ।
‘कहिले मुख्यमन्त्री घेरामा पर्नुहुन्छ । कहिले हामी संसदहरु घरघरमा घेराबन्दीमा पर्छौँ । बाटो बाटोमा । चोकचोकमा घेराबन्दीमा पर्छौँ ।’ उनले व्यांग्यात्मक शैलीमा थपे, ‘अहिले सदनमा आउँदा पनि घेराबन्दी तोड्दै आउँदै छौँ । छड्के छड्के परेर हामी यहाँ आइपुग्यौँ ।’
प्रदेशको नामाकरणलाई लिएर सडकमा आन्दोलन भइरहेकाले त्यसको खतरामा संसदहरु रहेको भन्दै उनले सभामुखसँग खतराबाट बचाउन अनुरोध गरे ।
उनेले भन्दै गए, ‘प्रदेशको नाम कोहीले भन्नुहुन्छ कोशी राख्नुस्… नत्र आउँदो चुनावमा पहिचावादी, आदीवासी जनजातिलाई सुन्य बनाइदिन्छौँ, भन्दै आउँछ धम्की ।’
उनी त्यतिमा मात्र रोकिएनन् । उनले थपे, ‘अर्को आउँछ किरात, लिम्बुवान राखेनौँ भने आउँदो चुनावमा कोशीमा बगाइदिन्छौँ भन्ने कुराहरुबाट हामी घेराबन्दीमा परिरहेका छौँ ।’
हेर्नुहोस् भिडियो