Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रतिनिधिकाे विराेधपछि प्रेस युनियनले घटायो मनोनयन शुल्क



हेटौडा । नेपाल प्रेस युनियनको महाधिवेशनमा राखिएको मनोनयन शुल्क प्रतिनिधीको विरोधपछि घटाइएको छ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था, युनियनको हटौंडामा सुरु नवौं महाधिवेशन प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए।
उद्घाटन सत्रपछि मनोनयन दर्ता सुरू गरिएको थियो। निर्वाचन समितिले अध्यक्षमा ३० हजार, वरिष्ठ उपाध्यक्षमा २५ हजार, उपाध्यक्षमा २० हजार, महासचिवमा २५ हजार, उपमहासचिवमा २० हजार, सचिवमा २० हजार, कोषाध्यक्षमा २० हजार, केन्द्रीय सदस्यमा १५ हजार, लेखा समिति संयोजकमा २० हजार र केन्द्रीय लेखा समिति सदस्यमा १५ हजार शुल्क तोकेको थियो।
यतिधेरै शुल्क लिन लागेकोमा प्रतिनिधिले विरोध गरेका थिए। त्यसपछि शुल्क घटाइएको छ।
अब अध्यक्षमा शुल्क २० हजार तोकिएको छ। वरिष्ठ उपाध्यक्षमा १० हजार, उपाध्यक्षमा १० हजार, महासचिवमा १० हजार, उपमहासचिवमा १० हजार, सचिवमा १० हजार र कोषाध्यक्षमा १० हजार शुल्क तोकिएको छ।
यस्तै केन्द्रीय लेखा आयोग संयोजकमा १० हजार, केन्द्रीय सदस्यमा ५ हजार र केन्द्रीय लेखा समिति सदस्यमा ५ हजार शुल्क तोकिएको छ।
पोखरामा महाधिवेशन भएको ९ वर्षपछि युनियनले महाधिवेशन गर्न लागेको हो। संस्थापन पक्षबाट अध्यक्षमा अनिता विन्दु र संस्थापन इतरबाट शिव लम्साल चुनावी मैदानमा छन्। उनीहरू प्यानल नै बनाएर चुनाव लड्दैछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार