स्थानीय तहको निर्वाचन सकिएको दुई महिना भएको छ । ठुला दलहरुमा चुनावको समिक्षा र छलफल जारी छ । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र तीनवटै दलले पार्टीभित्र अन्तरघात भएको चर्चा चलाइरहेका छन् । सबै पार्टीले विभिन्न तह र तप्कामा छानविन समितिसमेत बनिरहेको छ । तर ती दलका छानविन समितिहरुले आफ्ना अनुशासनहिन र चुनावमा अन्तरघात गर्नेलाई कारबाही गरिहालने अवस्था पनि छैन् । नजिकै आउँदै गरेको संघ र प्रदेशको निर्वाचनले दलहरुले अगाडी बढाएको छानविन प्रक्रिया निष्क्रिय हुने अवस्था छ ।
हुन त यी दलहरुमा पछिलला समयमा अनुशासनहिन गतिविधि तिव्ररुपमा बढिरहेका छन् । जसका कारण पार्टी पार्टी जस्तो छैन् । र पार्टीले अनुशासनलाई कडीका रुपमा नराख्दा पार्टीप्रतिको वितृष्णा उत्तिकै छ । दलहरुका नेताहरुले जनताको भावना विपरित अथवा सम्बन्धीत पार्टीको कार्यकर्ताको भावनासमेतलार्ए ख्याल नगरी पैसा र पहुँचका भरमा टिकट दिने र त्यस्ता उम्मेदवार विरुद्ध उभिन बाध्य भएका कार्यकर्ताको मनोभाव हेर्दा अनुशासनको कडी कता जाने हो थाहा नहुने अवस्था छ ।
पार्टी कमिटिका सिफारिश र आम कार्यकर्ताको भावना विपरित तोकिएका उम्मेदवार कतिपय सन्दर्भमा नेताहरुले आफ्ना मानिसहरुलाई टिकट दिनका लागि कमिटिमा गरेको प्राविधिक बहुमत ठुला दलका लागि चुनौती हो । संँगसँगै निर्वाचित भएका जनप्रतिनिधिलाई गति र लयमा हिँडाउन नसकेका कारणनै आजको यो अवस्था आएको हो । दलहरुको नीति सिद्धान्त विपरित कार्यकर्ताहरु खुलमखुल्ला चुनौती दिँदा पनि नेतहरु निरिह छन् । ती नेता पनि ठिक ठाउँमा नभएका कारण तलदेखि माथिसम्म यी तीन ठुला पार्टीहरु अनुशासनको घेरा भित्र छैनन् ।
यस्तो प्रवृत्तिलाई ठुला दलहरुले गम्भीरतापूर्वक लिएनन् भने कुनै पनि बेला यी दलहरु माथि अस्तित्वको चुनौती आइपर्छ । मैले आज उठान गरेको विषय बेलगाम कार्यकर्ता र नेताहरु सच्चिनु पर्छ । अनि मात्र अनुशासनको कारबाही कार्यान्वयन हुन्छ । पछिललो समयमा एमालेले एउटा राम्रो नारा ल्याएको छ । असहयोग, असमझदारी र अन्तरघात । यी तीन ‘अ’ बाट उठेका विषयलाई निक्र्योल गरेर अगाडी बढ्न सक्यो भने राम्रै हुन सक्छ । तर सबै अन्तरघातहरुलाई असमझदारी भनेर भद्र शब्द प्रयोग गरी छुट दिने प्रयतन गर्यो भने एमालेका लागि त्यो घातक हुनेछ । पार्टीका केन्द्रीय अध्यक्षले निरन्तर अनतरघात भनेर भाषण गर्ने तर अन्तरघाती नभेटिने अवस्थाबाट पार्टी मुक्त हुनुपर्छ ।
त्यसो त कांग्रेसभित्र पनि यस्तै केके भनेर छुट दिने प्रवृत्ति छ । विगतका चुनावमा पनि अन्तरघातका विषय उठ्थ्यो । तर एकाध ठुला नेताका दुस्मन र निर्धा कार्यकर्ता मात्रै कारबाही भएको देखिन्छ । माओवादी चुनावी अभ्यासमा भर्खरै आउँदै छ , यसले पनि आत्मालोचनामै यस्ता गतिविधिहरु टुंग्याउने लक्षण देखिदैँ छ । ठुला पार्टीमा देखिएको अन्तरघात बेलैमा नियन्त्रण नगर्ने हो भने यसले लोकतन्त्रका लागि लडेका दलको अस्तितवमा मात्रै धावा बोलदैन । यसले सिंगो लोकतन्त्रलाई नै असर गर्छ । त्यसैले अन्तरघातको गम्भीर विषयमा दलहरु सचेत बनौँ ।