Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कांग्रेसकी क्षेत्रीय प्रतिनिधि मण्डल एमालेमा प्रवेश


  • Purbeli Press
  • मंगलबार, साउन ३ २०७९

विराटनगर : नेकपा एमालेको प्रदेश एक स्तरीय प्रशिक्षण तथा विस्तारित बैठक कार्यक्रम चलिरहँदा नेपाली कांग्रेसकी क्षेत्रीय प्रतिनिधि एंव रंगेली नगरपालिकामा २०७४ सालको उपमेयर उम्मेदवार राधादेवि मण्डल एमालेमा प्रवेश गरेकी छिन् ।

मंगलबार विराटनगरमा आयोजना भएको कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललगायतका नेताले उनलाई पार्टी प्रवेश गराएका हुन् ।

उनीसँगै मैथली साहित्य कलाकार विरेन्द्र झा पनि पार्टी प्रवेश गरेको एमाले मोरङका जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार