Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

संसदले पायाे उपसभामुख , काँग्रेसकी पुष्पा भुसाल निर्वाचित



काठमाडौ । नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतम प्रतिनिधि सभाको उपसभामुख निर्वाचित भएकी छिन् ।
नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईलाई हराएर भुसाल शुक्रबार उपसभामुख भएकी हुन्। भुसालले १४८ मत पाइन् भने भट्टराईले ९३ मत पाइन्। उपसभामुख निर्वाचित हुनु अघिसम्म भुसाल कांग्रेसको तर्फबाट सचेतक थिइन्। उनी कांग्रेसको केन्द्रीय सदस्यसमेत हुन्।
कांग्रेसले यसअघि २०७४ सालमा पनि उनलाई उपसभामुखको उम्मेदवार बनाएको थियो। तर उनी नेकपा एमालेकी शिवमाया तुम्बाहाङ्फेसँग पराजित भएकी थिइन्।
२०२८ सालदेखि राजनीतिमा सक्रिय पुष्पाले कांग्रेसमा लामो समय महिला विभाग र कानुन विभागमा काम गरेकी थिइन्।
उनले कांग्रेस भातृ संगठन नेपाल महिला संघमा महासचिवको रूपमा समेत काम गरेकी थिइन्।
२०५६ मा प्रतिनिधि सभा उम्मेदवार बने पनि पुष्पा पराजित भइन् भने २०६४ सालको संविधान सभामा अर्घाखाँचीबाट निर्वाचित भएकी थिइन्।
२०७० सालको निर्वाचनमा भने उनी पराजित भएकी थिइन्।
त्यस्तै उनी २०७४ सालको निर्वाचनमा भने उनी समानुपातिक तर्फको सूचीमा बसेकी थिइन्।
राजनीतिमा सक्रिय हुनुअघि पुष्पा अध्यापनमा समेत संलग्न थिइन्। उनले त्रिभुवन विश्वविद्यालयमा १७ वर्ष प्राध्यापन गरेकी थिइन्। उनी वरिष्ठ अधिवक्तासमेत हुन्।
२०७४ मा उपसभामुख बनेकी शिवमाया तुम्बाहाङ्फेले २०७६ माघ ६ गते राजीनामा दिएकी थिइन्। त्यसयता उपसभामुख पद रिक्त रहेको थियो। सेतोपाटीबाट

प्रतिक्रिया
सम्बन्धित समाचार