Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एम अधिकारीले भने ‘म पार्टीको जिम्मेवारी लिन असमर्थ छु’



विराटनगर । नेकपा एमालेले अर्थ तथा योजना समितिको सदस्यमा मनोनित एम अधिकारी भनिएका सिए मनोज अधिकारीले सो जिम्मेवारीमा नहरहने जनाएका छन् ।
आफु कार्यव्यस्तताले गर्दा जिम्मेवारी लिन असमर्थ रहेको उनको भनाइ छ । हाल विराटनगर बसाेबास भएका उनले फेसबुकमार्फत् आफू एमालेको सक्रिय सदस्य रहेको स्वीकार गर्दै पार्टीले महत्वपूर्ण जिम्मेवारी दिने कुरा भने चलिरहेको जनाएका छन् ।
‘केहि दिन अगाडी पार्टीको अर्थ तथा योजना समितीमा तपाइलाई मनोनय गरियो भन्ने पार्टीका जिम्मेवार नेताहरुबाट जानकारी पाएको तर कार्यगत व्यस्तताले गर्दा यथार्थ यकिन गर्न असमर्थ रहेको उनले पोष्टमा लेखेका छन् । ‘हाल उक्त समितिको नाम गभर्नर महाप्रसाद अधिकारीज्यू सँग मिल्दो जुल्दो भएकोले उक्त समितिमा म नै मनोनित भएको हो या हैन भनि हाल सम्म यकिन छैन र मनोनित नै भएको हो भने पनि हालको असमान्य परिस्थिति तथा मेरो व्यक्तिगत कारणले म उक्त पद धारण गर्न असमर्थ रहेको व्यहोरा सम्बन्धित सबैमा जानकरी गराउन चाहन्छु ।’  उनले आफू असार मसान्तमा पेशागत जिम्मेवारीका कारण सामाजिक सञ्जालबाट टाढा रहेको समेत जनाएका छन् । अधिकारी एक्यानको प्रदेश नं. १ का अध्यक्ष हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार