Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सुनसरीबाट ३० लाख बराबरको लत्ता कपडा बरामद


  • Purbeli Press
  • शुक्रबार, असार ३१ २०७९

विराटनगर : सुनसरी देवानगन्ज गाउँपालिका वडा नम्बर ७ पक्की टोलबाट भन्सार छलि गरेर ल्याईएको ३० लाख बराबरको लत्ता कपडा गाडीसहित बरामद गरिएको छ ।

शुक्रबार बिहान २ बजे १ नं प्रदेश प्रहरी कार्यालय, प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले को १ ख २१२९ नम्बरको मिनी ट्रकमा लोड गरी ल्याउदै गरेको अबस्थामा बरामद गरेको हो । प्रहरीलाई देख्न बितिक्कै फरार भएका चालकको खोजी भइरहेको छ ।

प्रहरीले बरामद गरेको लत्ता कपडा र गाडी आवश्यक कारवाहीको लागि सुनसरी भन्सार कार्यालय कोशीब्यारेजमा पठाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार