विराटनगर : मोरङको कानेपोखरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना पुरुष गम्भीर घाइते भएका छन् ।
बिहिबार दिउँसो कानेपोखरी ७ मा प्र १-०२-४२ प २७६९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका हुन् ।
अन्दाजी ३०/३५ वर्षीय पुरुषको दुर्घटना भएको हो । घाइते भएका व्यक्तिको पहिचान खुलेको छैन्