विराटनगर : उदयपुरको त्रियुगा र चौदण्डीगढी नगरपालिका क्षेत्रमा गत शनिबार आएको बाढीले विद्युत्को पोल ढालेपछि ती नगर क्षेत्र सहित अन्य गाउँ अन्धकारमय बन्न पुगेका छन् ।
बाढिले विजुलीको पोल ढालेपछि त्रियुगा नगरपालिकाका दर्जनौ बस्तिमा विद्युत सेवा ठप्प भएको छ । स्थानीय लुहाले खोलामा आएको बाढीले पोल ढालेपछि नगरको वडा नं १ जोगीदह, २ को खैजनपुर र ३ को मोतीगडा, चाप, भुल्के गाउँ अन्धकारमय बन्न पुगेका छन् ।
पोल ढलेर बिद्युत सेवा बन्द भएपछि चौदण्डिगढी नगरपालिकाका वडानं ५,९ र १० मा शनिवार विहानैदेखि बिद्युत सेवा अबरुद्ध भएको छ ।
प्राधिकरणका निमित्त कार्यालय प्रमुख ईन्जिनिएर सत्यनारायण साहका अनुसार बाढीले धेरैतिर क्षति पुर्याएकाले मर्मतसम्भारमा ढिलाई भएको हो ।